सहयोग सामग्री लिएर परराष्ट्रको टोली अफगानिस्तान जाने
फाइल तस्वीर

नेपालले अफगानिस्तानलाई सहयोग सामग्री पठाउने भएको छ । नेपालले आइतबार अफगानिस्तानलाई सहयोग सामग्री पठाउन लागेको हो ।

आइतबार मानवीय सहायता सामग्री लिएर अफगानिस्तानको राजधानी काबुल जान लागेको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बताइन् । उनका अनुसार औषधि, लत्ताकपडासहितका सहयोग सामग्री लिएर भोलि परराष्ट्र मन्त्रालयको एक टोली काबुल जाने छ । परराष्ट्रमन्त्री डा. नारायण खड्काले आइतबार पत्रकार सम्मेलनमार्फत थप जानकारी दिने उनको भनाइ छ ।

अमेरिकी सेनाले अफगानिस्तान छाडेपछि तालिबानले सत्ता कब्जामा लिएसँगै ठूलो मानवीय सं‌कट देखिएको छ । राष्ट्रसंघले समेत अफगानिस्तानलाई मानवीय सहयोगका लागि आह्वान गरेको छ । यसैबीच सार्क अध्यक्ष नेपालले सदस्य राष्ट्र अफगानिस्तानलाई सहयोग पठाउन लागेको हो ।
 





  • प्रकाशित मिति : माघ १, २०७८ शनिबार १५:४३:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया