आर्मीले जित्यो टाइगर कप भलिबलकाे उपाधि

दोस्रो संस्करणको टाइगर कप महिला तथा पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत परुषतर्फको उपाधि विभागीय टाेली त्रिभुवन आर्मी क्लबले जितेको छ ।

आर्मीले पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा शनिबारको फाइनलमा हेल्प नेपाल स्पाेर्ट्स क्लबलाई ३-१ काे सेटले हराएकाे हाे ।

पहिलाे सेट २५-१८ ले आफ्नो पक्षमा पारेकाे आर्मीले निकै प्रतिस्पर्धात्मक बनेकाे दोस्रो सेट २६-२४ ले गुमायाे ।

त्यपछिका दुई सेट २५-१८ र २५-१९ ले आफ्नो पक्षमा पार्दै आर्मी पहिलाे पटक टाइगर कपकाे विजेता बन्याे ।

उपाधिसँगै अर्कोले ३ लाख र उपविजेता हेल्प नेपालले १ लाख ५० हजार प्राप्त गरे ।

टाइगर ग्रुप अफ पोखराले आयोजना गरेको प्रतियोगितामा महिला तथा पुरुषतर्फ समान ५ टाेलीले सहभागिता जनाएका थिए ।



महिलातर्फकाे उपाधि त्रिभुवन आर्मी क्लबलाई ३-० काे साेझाे सेटमा पराजित गर्दै विभागीय टाेली नेपाल एपिएफ क्लबले उचाल्याे ।



  • प्रकाशित मिति : माघ १, २०७८ शनिबार १५:४९:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया