इन्डोनेसियामा शक्तिशाली भूकम्प, ९०० घर क्षतिग्रस्त
फरकधार / १ माघ, २०७८

इन्डोनेसियामा शुक्रबार आएको शक्तिशाली भूकम्पका कारण भौतिक संरचनामा ठूलो क्षति भएको छ । सरकारी अधिकारीले शनिबार दिएको जानकारीअनुसार भूकम्पका कारण झण्डै ९०० घर क्षतिग्रस्त भएका छन् । 



भूकम्पले मानवीय क्षती भएको विवरण भने अहिलेसम्म प्राप्त नभएको सरकारी अधिकारीको भनाइ छ । उनीहरूले अहिलेसम्म दुई जना घाइते भएको विवरण मात्रै प्राप्त भएको जनाएका छन् । 

इन्डोनेसियाको राजधानी जाकार्ता र त्यस वरपरलाई केन्द्रमा राखेर ६.६ म्याग्निच्युडको भूकम्प आएको अधिकारीले जनाएका छन् । 

स्थानीय समयअनुसार शुक्रबार बेलुका ४.०५ मिनेट भूकम्प आएको हो । इन्डोनेसियामा बेला बेलामा भूकम्प आइरहने गरेको छ । 



  • प्रकाशित मिति : माघ १, २०७८ शनिबार १७:२७:४२,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया