सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत शनिबारकाे दोस्रो खेलमा थ्रीस्टार क्लब विजयी भएकाे छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा थ्रीस्टारले संकटा क्लबमाथि १-० काे राेमाञ्चक जित हात पारेकाे हाे ।
दोस्रो हाफकाे थप गरिएकाे समयमा विजय भुजेलले गरेकाे एक मात्र गाेल थ्रीस्टारलाई जित दिलाउन प्रयाप्त बन्याे ।
याे जितसँगै थ्रीस्टार ९ खेलमा १६ अंक जाेड्दै चाैथाे स्थानमा उक्लिँदा पहिलाे पराजय बेहाेरेका संकटा १४ अंकका साथ पाँचौं स्थानमा झरेकाे छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।