सुर्खेतमा निसासिएर एकै परिवारका चार जनाको मृत्यु

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० बुद्बुदीमा निसासिएर चार जनाको मृत्यु भएको छ । मृत्यु हुने चारैजना एकै परिवारका सदस्य हुन् ।  

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार जाजरकोटको शिवालय गाउँपालिका–४ स्थायी घर भएकी ३५ वर्षीया कल्पा बुढा, उनका आठ वर्षीय छोरा नीरज, अर्का नौ वर्षीय छोरा चीरञ्जीवी र दाजुको पाँच वर्षीय छोरा सम्राट घरमै मृत अवस्थामा भेटिएका हुन् । 

घटना शुक्रबार रातिकै भएपनि शनिबार बेलुका मात्रै सार्वजनिक भएको हो । घरमा कोइला बालेर झ्याल ढोका थुनेर बस्दा उनीहरूको मृत्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान छ । 

जाडोमा चिसो छल्न कोइला, ब्रिक्रेट तथा हिटर बाल्दा सावधानी अपनाउन विज्ञले सुझाव दिँदै आएका छन् ।  





  • प्रकाशित मिति : माघ २, २०७८ आइतबार ७:५५:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया