भारतमा अवैध मदिरा पिउँदा ८ जनाकाे गयाे ज्यान
प्रतिकात्मक तस्वीर

बिहारकाे नालन्दामा अवैध मदिरा पिउँदा ८ जनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा सबै मजदुर रहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

शुक्रबार राति मदिरा सेवन गरेपछि बिरामी परेका उनीहरूकाे शनिबार मृत्यु भएकाे हाे । 

मदिरा सेवनबाट चारजनाकाे अवस्था गम्भीर रहेकाे छ । उनीहरूकाे उपचार चलिरहेकाे छ। उनीहरूसँगै अन्य ५० जनाले पनि अवैध मदिरा पिएका थिए ।

प्रहरीले घटनाकाे बारेमा थप अनुसन्धान गरिरहेकाे छ ।

बिहारमा अवैध मदिराकाे सेवनबाट वर्षेनी दर्जनाैंकाे मृत्यु हुने गर्दछ ।





  • प्रकाशित मिति : माघ २, २०७८ आइतबार १४:१९:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया