सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत आइतबार भएको खेलमा मछिन्द्र क्लब विजयी भएकाे छ ।
मछिन्द्रले दशरथ रंगशालामा बिग्रेड ब्वाइज क्लबमाथि ४-० काे फराकिलाे जित निकालेकाे हाे ।
मछिन्द्रका लागि विमल घर्ती मगरले २ तथा रेजिन सुब्बा र अभिषेक रिजालले एक-एक गाेल गरे।
खेलको ५६औं मिनेटमा विमलकाे गाेलबाट मछिन्द्रले अग्रता लिएको थियो । त्यसको ६ मिनेटपछि विमलले नै व्यक्तिगत दाेस्राे गाेल गर्दै मछिन्द्रको अग्रता दोब्बर पारे ।
८४औं मिनेटमा विमलको पासमा रेजिनले गोल गर्दै मछिन्द्रलाई ३-० को अग्रता दिलाए।
दोस्रो हाफको थप गरिएको समयमा अभिषेकले गाेल गर्दा मछिन्द्रले ४-० काे फराकिलाे जित निकाल्याे ।
जितसँगै मछिन्द्र ९ खेलमा २३ अंकसहित शीर्ष स्थानमा कायम छ । जुन दाेस्राे स्थानकाे मनाङ मर्स्याङ्दी क्लबकाे भन्दा चार अंकले बढी हाे । बिग्रेड ब्वाइज ६ अंक जाेडेर १२औं स्थानमा छ।
च्यासल युथ क्लबका खेलाडीमा कोराेना संक्रमण पुष्टि भएपछि आइतबार नेपाल पुलिसविरुद्ध तय गरिएकाे खेल भने स्थगित भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।