माघ १५ गतेसम्म रात्रिकालीन व्यवसाय, फिल्म र जिम हल बन्द गर्ने सरकारको निर्णय

आगामी माघ १५ गतेसम्म चलचित्र हल, जिम हललगायत रात्रिकालीन सबै प्रकारका व्यवसाय बन्द गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सो जानकारी दिएका हुन् ।

सूचना तथा प्रविधिमन्त्रीसमेत रहेका कार्कीका अनुसार १५ माघसम्म रात्रीकालीन व्यवसाय र भीडभाड हुने क्षेत्र फिल्म हल र जिम हल बन्द गर्ने निर्णय भएको हो ।

साथै, अन्य भीड हुने क्षेत्रका बारेमा सरकारले कोभिड प्रोटोकल जारी गरिसकेको छ । सरकारले यसअघि नै २५ जनाभन्दा बढी सार्वजनिक स्थानमा भेला नहुने निर्णय पनि गरेको छ ।





  • प्रकाशित मिति : माघ २, २०७८ आइतबार १५:४७:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया