लिपुलेकबारे सरकार - ऐतिहासिक प्रमाणका आधारमा समस्या समाधान गर्न प्रतिबद्ध छौँ

नेपाल सरकारले लिपुलेकमा भारतीय पक्षले सडक निर्माण गरिरहेकोबारे आधिकारिक धारणा सार्वजनिक गरेको छ ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले महाकाली पूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग हो भन्ने तथ्यमा नेपाल सरकार दृढ र स्पष्ट रहेको बताएका हुन् ।

'महाकाली पूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग हो भन्ने तथ्यमा नेपाल सरकार दृढ र स्पष्ट छ' उनले भने 'नेपाल सरकारले भारत सरकारलाई नेपाली भू-भाग भएर जाने कुनै पनि किसिमको एक पक्षीय सडक निर्माण र विस्तार रोक्न आग्रह गर्दै आएको छ' उनले भने ।

उनले नेपाल र भारतबीचको सीमा समस्या ऐतिहासिक प्रमाणका आधारमा समस्या समाधान गर्न प्रतिबद्ध रहेको पनि बताए ।

'नेपाल-भारतबीच रहिआएको घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धको मर्म र भावनाअनुसार दुई देशबीचको सीमा समस्याको समाधान ऐतिहासिक सन्धि, सम्झौता तथ्य नक्सा र प्रमाणका आधारमा कूटनीतिक माध्यमबाट गर्न नेपाल सरकार प्रतिबद्ध छ,' उनले भने ।





  • प्रकाशित मिति : माघ २, २०७८ आइतबार १६:०:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया