प्रदेश-२ को जारी प्रदेश सभा बैठकमा बोल्ने क्रममा प्रदेशसभा सदस्य रामकुमार यादवले बीचमै फोन उठाएका छन् ।
प्रदेशको नाम र राजधानीको सम्बन्धमा बोल्ने क्रममा उनको मोबाइलमा फोन आउँदा उनले बीचमै फोन उठाएका हुन् ।
फोन उठाएर उनले ‘ए भाइ !’ भन्दै फेरि फोन काटेका थिए । उनले फोन काट्नेबित्तिकै सबै सांसदहरू हाँसेका थिए ।
नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य यादवले फोन आउँदा उठाउनैपर्याे भन्दै सांसदहरूलाई नहास्न आग्रह समेत गरे ।
अहिले जारी प्रदेशसभा बैठकमा नाम र राजधानीमाथि छलफल भइरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।