मंगेशकर अझै पनि आइसियूमै

भारतीय गायिका लता मंगेशकर अझै पनि आइसियूमै रहेकी छन् ।

भारतीय समाचार एजेन्सी पिटिआईले उनकाे उपचार आइसियूमा भइरहेकाे उल्लेख गरेकाे छ ।

९२ वर्षीय लता मंगेशकर पछिल्लाे साता काेराेना संक्रमित भएकी थिइन् । संक्रमित भएपछि उनलाई मुम्बईकाे ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएकाे थियाे । 

ब्रीच क्यान्डी अस्पतालका प्राेफेसर डाक्टर प्रतीत समदानीले भने, ‘अहिले उनकाे उपचार आइसियूमा चलिरहेकाे छ ।’ 

मंगेशकरकी भतिजी रचना शाहले बिहीबार उनकाे स्वास्थ्यमा सुधार हुँदै गइरहेकाे बताएकी थिइन्।

भारत रत्न र दादा साहब फाल्केजस्ता अवार्डबाट सम्मानित मंगेशकरलाई भारतीय सिनेमा जगतकी सर्वश्रेष्ठ गायिकाकाे रूपमा मान्ने गरिन्छ ।



मंगेशकरले आफ्नाे करिअरकाे सुरुवात १३ वर्षकाे उमेरमै गरेकी थिइन् । उनले भारतीय भाषामै ३० हजारभन्दा धेरै गीत गाएकी छन् ।
 



  • प्रकाशित मिति : माघ २, २०७८ आइतबार १७:११:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया