प्रधानन्यायाधीशविरुद्ध महाभियोग माग गर्दै दायर भएको रिटलाई सर्वोच्चले गर्यो दरपिठ

सर्वोच्च अदालतले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध महाभियोग माग गर्दै दायर भएको रिट दरपिठ गरिदिएको छ । 

अधिवक्ता माधवकुमार बस्नेतसमेतले प्रधानन्यायाधीश जबराविरुद्ध सर्वोच्चसमेतलाई विपक्षी बनाई पेस गरेको रिट निवेदन सर्वोच्चका रजिस्ट्रर नारायणप्रसाद पन्थीले आइतबार दरपिठ गरिदिएका हुन् ।

प्रधानन्यायाधीशविरुद्ध लागेका आरोप अत्यन्त गम्भीर प्रकृतिका भएको भन्दै अधिवक्ता बस्नेतले ती आरोपमाथि छानबिन गरी आवश्यक कारबाही गर्न माग गरेका थिए। 

उनले संविधानद्वारा तोकिएको प्रक्रिया तत्काल प्रारम्भ गर्नू भनी सभामुख र प्रतिनिधिसभाको नाममा परमादेश माग गरेका थिए ।
 





  • प्रकाशित मिति : माघ २, २०७८ आइतबार १७:३८:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया