प्रचण्डको पिसिआर परीक्षण रिपोर्ट नेगेटिभ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।

प्रचण्डकी स्वकीय सचिव एवं छोरी गंगा दाहालले पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको जनकारी दिएकी हुन् ।

'अध्यक्ष कमरेड प्रचण्डको पिसिआर परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएसँगै उहाँ कोरोनामुक्त हुनुभएको छ । यस दौरानमा स्वास्थ्य लाभको कामना गर्नुहुने सबैप्रति हार्दिक आभार,' उनले सामाजिक सञ्जालमा लेखेकी छन् ।

प्रचण्डलगायत माओवादी केन्द्रका शीर्षस्थ नेताहरूलाई २४ पुसमा कोरोना पुष्टि भएको थियो । 





  • प्रकाशित मिति : माघ २, २०७८ आइतबार १९:१३:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया