सर्वोच्चका न्यायाधीशसहित २४ कर्मचारीमा कोरोना संक्रमण

सर्वोच्च अदालतका न्यायाधीशसहित २४ जनालाई कोराना भाइरसको संक्रमण पुष्टि भएको छ । 

सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार न्यायाधीश मीरा खड्का, मुख्य रजिष्ट्रार लालबहादुर कुँवरसहित २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आइतबार उनीहरूको पीसीआर परीक्षणको रिपोर्ट पोजिटिभ आएको हो ।

कन्ट्याक्ट ट्रेसिङमा परेपछि सर्वोच्चका अन्य ३० जना कर्मचारीको पनि परीक्षण गरिएको छ । रिपोर्ट नआए पनि उनीहरूमध्ये अधिकांशमा कोरोनाको लक्षण देखिएको प्रवक्ता दाहालले बताए । न्यायाधीशसहित कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सर्वोच्चको दैनिक कामकाज प्रभावित बनेको छ ।





  • प्रकाशित मिति : माघ २, २०७८ आइतबार २१:२:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया