साविक विजेता एथलेटिको बिल्वाओमाथि २-० काे सहज जित निकाल्दै रियल मड्रिडले स्पेनिस सुपर कपकाे उपाधि उचालेकाे छ ।
साउदी अरबको रियादस्थित किङ फाद इन्टरनेसनल स्टेडियममा आइतबार रातिकाे फाइनलमा रियललाई उपाधि दिलाउन लुका मोड्रिच र कप्तान करिम बेन्जिमाले गोल गरे ।
३८औं मिनेटमा मोड्रिचले गोल गर्दै रियललाई अग्रता दिलाए । ५२औं मिनेटमा कप्तान बेन्जिमाले पेनाल्टीमा गोल गर्दै टाेलीको अग्रता दोब्बर पारे ।
बेन्जिमाकै प्रहार पेनाल्टी क्षेत्रमा यारेको हातमा लागेपछि रेफ्रीले भिएआरको सहायता लिदै रियललाई पेनाल्टी प्रदान गरेको थिए ।
त्यपछि दुवै टाेलीबाट गाेल हुन नसक्दा रियल सहज जित निकाल्दै विजेता बन्याे ।
सिजनको पहिलो उपाधि जितेको रियल १२औं पटक सुपर कप विजेता बनेको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।