बाजुरामा काेराेना संक्रमणबाट थप एककाे मृत्यु

केही दिनअघि मात्रै कञ्चनपुरको त्रिनगर-गौरीफन्टा नाका भएर स्वदेश फर्किएका बाजुराका एक जनाको मृत्यु भएको छ ।

नाकामा चेकजाँच गर्दा उनमा काेराेना संक्रमण देखिएकाे थियाे । उनी भारतमा उपचारका लागि गएका थिए ।

संक्रमण पुष्टि भएपछि उनी धनगढीको आइसोलेसनमा नबसी हाेम आइसाेलेसन बस्छु भनी घर गएका थिए । आइतबार उनकाे मृत्यु भएकाे स्वास्थ्य कार्यालय बाजुराका सूचना अधिकारी लेखनाथ न्याैपानेले बताए ।

५२ वर्षीय ती पुरुषकाे घर खप्तड छेडेदह गाउँपालिका-२ जयवागेश्वरी हाे ।

मृत्युपछि स्थानीयले उनको स्वास्थ्य मापदण्ड अपनाएर दाहसंस्कार गरेका छन् । उनीसँग आएका आफन्त होम आइसोलेसनमा बसेका छन् । 

हाल बाजुरामा कोरोनाका ११ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ।





  • प्रकाशित मिति : माघ ३, २०७८ साेमबार ८:४०:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया