काेराेना भाइरसबाट कुन देशमा कतिले गुमाए ज्यान ?
फरकधार / ३ माघ, २०७८

कोरोना भाइरसको आतंक सारा संसारमा व्याप्त छ । सन् २०१९ को चीनको वुहानबाट फैलिएको भाइरसका अनेकन भेरियन्ट देखिएका छन् । भाइरसले रोकिने नाम लिएको छैन ।



जोन्स होप्किन्स युनिभर्सिटीका अनुसार हालसम्म विश्वभर ५५ लाख ३९ हजार ६७ जना संक्रमितले ज्यान गुमाइसकेका छन् भने ३२ करोड ७७ लाख ३८ हजार १४६ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

भाइरसबाट सबैभन्दा धेरै प्रभावित मुलुक हो- अमेरिका । अमेरिकामा हालसम्म ८ लाख ५० हजार ६०५  जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

अमेरिकापछि ब्राजिलमा ज्यान गुमाउनेको संख्या धेरै छ । ब्राजिलमा हालसम्म ६ लाख २१ हजार ३२७ जनाले ज्यान गुमाइसकेका छन् ।



भारतमा हालसम्म ४ लाख ८६ हजार ६६ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

यसैगरी मेक्सिकोमा ३ लाख १ हजार ३३४, पेरुमा २ लाख २ हजार ३ हजार ३७६, रुसमा ३ लाख १४ हजार ८३८, बेलायतमा १ लाख ५२ हजार ४८३, इटालीमा १ लाख ४१ हजार १०४ र  कोलोम्बियामा १ लाख ३० हजार ९९६ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

  • प्रकाशित मिति : माघ ३, २०७८ साेमबार ९:१७:३०,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया