मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु

सुर्खेतमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा वीरेन्द्रनगर-२ की अन्दाजी ६१ वर्षीया नन्दकली कँडेल रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।

आइतबार दिउँसो करिब साढे तीन बजेतिर रेडियो नेपालकाे अफिसनजिकै कर्णाली प्रदेश ०२००१ प ८९५० नम्बरको मोटरसाइकलले उनलाई ठक्कर दिएको थियो । 

उपचारको क्रममा स्थानीय माया नर्शिङ होममा उनको बेलुकी ६ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए । 

प्रहरीले घटनास्थलबाट एकजनालाई पक्राउ गरे पनि मोटरसाइकल कसले चलाएको हो भन्ने बारे अनुसन्धान भइरहेको छ । 

मृतकको शव कर्णाली प्रदेश अस्पतालमा रहेको र आफन्तहरूले शव बुझ्न नमानेको घर्तीले बताए ।





  • प्रकाशित मिति : माघ ३, २०७८ साेमबार १०:२३:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया