प्रधानमन्त्री कप राष्ट्रिय पुरुष टि-२० क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लबले लगातार चौथो जित हात पारेको छ ।
लुम्बिनीले समूह ‘ए’ अन्तर्गत आफ्नो अन्तिम खेलमा सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा प्रदेश-१ माथि ६ विकेटको जित हात पारेको हो ।
१०२ रनको विजयी लक्ष्य पुलिसले १३.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्याे । पुलिसका लागि कुशल भुर्तेलले सर्वाधिक ४४ रनको योगदान दिए । २८ बलको सामना गरेका उनले समान ३ चौका र छक्का प्रहार गरे ।
अविजित रहेका अनिल शाहले २६ तथा आरिफ शेखले १० रन बनाए । दिपेन्द्रसिंह ऐरीले २० रन जोडे ।
प्रदेश-१ का लागि फिरदोस अन्सारी, दिपेश कँडेल, मुकुन्द यादव र मनोज तामाङले १-१ विकेट हात पारे ।
यसअघि टस जितेर ब्याटिङ रोजेको गण्डकी प्रदेश-१ ले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १०१ रन बनाएको थियो ।
प्रदेश-१ का लागि मनिष थापाले अर्धशतकीय पारी खेले । ५९ बलको सामना गर्दै ५९ रन बनाएका उनले ६ चौका र १ छक्का प्रहार गरे ।
श्रवण यादवले १० रनको योगदान दिँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । पुलिसका लागि आरिफ शेख, दिपेन्द्रसिंह ऐरी र मञ्जित श्रेष्ठले २-२ तथा सागर ढकाल र करण केसीले १-१ विकेट हात पारे ।
यो नतिजासँगै समूह चरणमा शतप्रतिशत जित हात पारेको पुलिसले ४ खेलमा ८ अंक जोड्दा समान खेलमा १ अंकका साथ प्रदेश-१ ले अन्तिममा रहेर प्रतियोगिताको अन्त्य गरेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।