अस्ट्रेलियन ओपन : ओसाकाको विजयी सुरुवात

वर्षको पहिलो ग्रान्डस्लाम टेनिस प्रतियोगिता अस्ट्रेलियन ओपनमा साविक विजेता नाओमी ओसाकाले विजयी सुरुवात गरेकी छन् ।

जापानिज स्टार ओसाकाले पहिलो चरण अन्तर्गत मेलवर्नमा सोमबार भएको खेलमा कोलम्बियाकी क्यामिला आसोरियोलाई पराजित गर्दै उपाधि अभियानको सुखद सुरुवात गरेकी हुन् ।

ओसाकाले खेल ६-३ र ६-३ ले आफ्नो पक्षमा पारिन् ।

ओसाका केही दिनअघि मात्र ४ महिनापछि कोर्टमा फर्केकी हुन् । उनले मानसिक दवावमा रहेका भन्दै केही समयका लागि आराम गर्ने निणर्य गरेकी थिइन् ।

‘मैले परिस्थितिलाई ध्यानमा राख्दै राम्रो खेल्ने सोचेको थिएँ र त्यसमा सफल पनि भएँ’, ‌ओसाकाले खेलपछि भनिन् । 

उनले मेलबर्नमा खेलेका पछिल्ला २४ मध्ये २३ खेलमा जित हात पारेकी छन् ।  





  • प्रकाशित मिति : माघ ३, २०७८ साेमबार १४:१:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया