ए डिभिजन लिग : जावलाखेलमाथि एनआरटीको सहज जित
फरकधार / ३ माघ, २०७८
यो सामग्री सेयर गर्नुहोस्

सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत सोमबारको खेलमा न्युरोड टिम (एनआरटी) विजयी भएको छ ।



एनआरटीले त्रिपुरेश्वस्थित दशरथ रंगशालमा जावलाखेल युथ क्लबलाई २-० ले पराजित गरेको हो। 



एनआरटीको जितमा दुवै गोल दर्शन गुरुङले गरे । खेलको ६९औं मिनेटमा स्टेफिन बिनोङको पासमा दर्शनले गरेको गोलमार्फत् एनआरटीले अग्रता लिएको थियो ।



७३औं मिनेटमा बिनोङकै पासमा दर्शनले बललाई पोस्टको दिशा दिँदै एनआरटीलाई सहज जित दिलाए ।



दुवै टोलीले खेलमा पाएका केही अवसरलाई भने सदुपयोग गर्न सकेनन् । 

७१औं मिनेटमा एरिक विष्टको फ्रिकिकमा सरोज दाहालले गरेको हेडर बाहिरिँदा एनआरटीले आफ्नो अग्रता दोब्बर बनाउन सकेन ।  



८५औं मिनेटमा मिडफिल्डर रुपबहादुर लामाको फ्रिकिक एनआरटीका गोलकिपर अजित प्रजापतिले रोक्दा जावलाखेलले गोलअन्तर कम गर्ने अवसर गुमाएको थियो।

यो जितसँगै ९ खेलमा १३ अंक जोडेर एनआरटी छैटौं स्थानमा उक्लिँदा समान खेलबाट ८ अंकका साथ जावलाखेल १० औं स्थानमा यथावत छ । 



  • प्रकाशित मिति : माघ ३, २०७८ साेमबार १५:१४:३९,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया