नाम र राजधानी पाएपछि मंगलबार मधेस प्रदेशमा बिदा

मंगलबार मधेस प्रदेशमा सार्वजनिक बिदा हुने भएको छ । प्रदेशले स्थायी मुकाम (राजधानी) र नाम पाएपछि प्रदेश सरकारले प्रदेशभरि सार्वजनिक बिदा दिएको हो । 

प्रदेश सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले मंगलबार प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएका छन्।

संघीयता कार्यान्वयन भएको झण्डै चार वर्षपछि ‘प्रदेश २’ले नाम ‘मधेस प्रदेश’ र राजधानी जनकपुरधाम पाएको छ । 

सोमबारको प्रदेशसभामा भएको मतदानमा प्रदेशको नाम ‘मधेश प्रदेस’मा ८० जनाले र स्थायी राजधानी जनकपुरधाम राख्ने प्रस्तावमा ७८ जनाले मतदान गरेका थिए । 





  • प्रकाशित मिति : माघ ३, २०७८ साेमबार २०:४३:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया