अफगानिस्तानमा भूकम्प जाँदा २६ जनाकाे मृत्यु

अफगानिस्तानमा भूकम्प जाँदा २६ जनाको मृत्यु भएकाे छ भने दर्जनाैं घाइते भएका छन् ।

मृत्यु हुनेमा पाँच जना महिला र चार जना बालबालिका समेत रहेका अफगानिस्तानी मिडियाले जनाएकाे छ ।

अफगानिस्तानकाे पश्चिमी प्रान्त बडघिसकाे क्वादिस जिल्लामा हिजाे ५.५ रेक्टरकाे भूकम्प गएकाे हाे।

भूकम्पका कारण सात सयभन्दा धेरै घर भत्किएकाे बताइएकाे छ । घाइतेहरूकाे विभिन्न अस्पतालमा उपचार भइरहेकाे छ ।

माैसम विभागका अनुसार भूकम्पकाे केन्द्र अफगानिस्तान-ताजिकिस्तान सीमावर्ती क्षेत्रमा १०० किलाेमिटर गहिराइमा थियाे । पेशावर, मानशेरा, बालाकाेट र चारसादासहित खैबर-पख्तुनख्वा लगायतका विभिन्न सहरमा भूकम्पकाे धक्का महसुस गरिएकाे थियाे ।

अफगानिस्तान बारम्बार भूकम्पकाे चपेटामा पर्दै आइरहेकाे छ । सन् २०१५ मा ७.५ रेक्टरकाे भूकम्प आउँदा करिब २८० जनाले ज्यान गुमाएका थिए ।





  • प्रकाशित मिति : माघ ४, २०७८ मंगलबार ८:२२:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया