हत्या गरेकाे आराेपमा दुई जना पक्राउ

काठमाडाैंमा चुच्चाे हतियार प्रयाेग गरी एक जनाकाे हत्या गरेकाे आराेपमा दुई जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेहरूमा मकवानपुर थाहा नगरपालिका-१० का २१ वर्षीय अभिषेक बस्नेत र १९ वर्षीय अनुज बस्नेत रहेका छन् । प्रहरीले उनीहरूलाई चन्द्रागिरि नगरपालिका-१२ का गुर्जुधाराका २५ वर्षीय राेशन रिजालकाे हत्यामा संलग्न भएकाे भन्दै पक्राउ गरेकाे हाे ।

प्रहरीकाे अनुसन्धान अनुसार फलामकाे दाउ र कैँचीकाे प्रयाेग गरी रिजालकाे हत्या भएकाे थियाे।

हत्या गरेलगत्तै फरार रहेका अनुजलाई चन्द्रागिरिबाट र अभिषेकलाई धादिङकाे नीलकण्ठ नगरपालिकाबाट पक्राउ गरिएकाे महानगरीय प्रहरी परिसर काठमाडाैंले जनाएकाे छ ।

घटनामा गम्भीर घाइते भएका रिजालकाे सशस्त्र प्रहरी अस्पताल बलम्बुमा उपचारकाे क्रममा मृत्यु भएकाे हाे । उक्त घटनामा चन्द्रागिरि नगरपालिका-१ दहचाेक बस्ने २२ वर्षीय निरज मगर घाइते भएका छन् । उनकाे बलम्बुमै उपचार भइरहेकाे छ ।

प्रहरीले जिल्ला अदालतबाट पाँच दिनकाे समय लिई अनुसन्धान गरिरहेकाे छ ।





  • प्रकाशित मिति : माघ ४, २०७८ मंगलबार ९:३४:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया