भारतमा थपिए २ लाख ३८ हजार कोरोना संक्रमित

भारतमा पछिल्लो २४ घण्टाको अवधिमा थप २ लाख  ३८ हजार १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

अघिल्लो दिनको तुलनामा दैनिक संक्रमितको संख्या घटेको देखिएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले मंगलबार जनाएको छ । सोमबार सार्वजनिक गरिएको विवरणअनुसार सोमबार दुई लाख ५८ हजार भन्दा बढी नयाँ संक्रमित थपिएका थिए । सोमबार सार्वजनिक गरिएको दैनिक संक्रमितको संख्याभन्दा मंगलबार २० हजार ७१२ जना कम थियो । 

भारतमा अहिलेसम्म कुल तीन करोड ७५ लाखभन्दा बढी कोरोनाभाइरसबाट सङ्क्रमित भईसकेका छन् । ती मध्ये १७ लाख ३६ हजार ६२८ जना अहिले पनि संक्रमित अवस्थामै रहेका छन् । संक्रमित अवस्थामै रहेकाको संख्या दिन प्रति दिन बढ्दै गइरहेको पनि मन्त्रालयका अधिकारीहरुले जनाएका छन् । हाल रहेका सक्रिय संक्रमितमध्ये आठ हजार ८९१ जना मात्रै ओमिक्रोनबाट संक्रमित छन् ।

पछिल्लो २४ घण्टामा भारतमा कोरोना संक्रमणमुक्त हुनेको संख्या एक लाख ५७ हजार ४२१ रहेको छ । भारतमा अहिलेसम्म कोरोना संक्रमणमुक्त भएकाको संख्या तीन करोड ५३ लाख ९४ हजार ८८२ रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो एक दिनमा ३१० जनाको कोरोनाका कारण मृत्यु भएको छ भने अहिलेसम्म कोरोनाका कारण मृत्यु भएकाहरुको संख्या चार लाख ८६ हजार ७६१ रहेको छ । यहाँ कोरोना भाइरस निको हुने दर ९४.०९ प्रतिशत रहेको जनाइएको छ ।

कोरोना सुरु भएदेखि हालसम्म भारतमा ७० करोड ५४ लाख भन्दाबढी व्यक्तिको कोरोना परीक्षण भएको छ । यहाँ सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ५८ करोड ४ लाखभन्दा बढी  कोरोनाविरुद्ध खोपको डोज लगाइएको छ ।





  • प्रकाशित मिति : माघ ४, २०७८ मंगलबार १५:१:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया