उपत्यकामा आज मध्यरातदेखि 'स्मार्ट लकडाउन' लागू हुँदै : के गर्न पाइन्छ, के गर्न पाइँदैन ?
फाइल तस्वीर

कोभिड-१९ संक्रमण रोकथाम गर्न काठमाडौं उपत्यकामा ‘स्मार्ट लकडाउन’ सम्बन्धी आदेश जारी गरिएको छ । कोरोना संक्रमण बढ्दै गएपछि उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले स्मार्ट लकडाउनसम्बन्धी आदेश जारी गरेका हुन् । 

मन्त्रिपरिषद्को आदेशलाई कार्यान्वयन गर्ने निर्णय तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)ले गरेका हुन् । गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले स्मार्ट लकडाउन गर्ने अधिकार प्रजिअलाई दिएको छ । 

जारी भएको आदेश मंगलबार मध्यरातबाट लागू हुने छ । आदेशमा माघ मसान्तसम्म आमसभा, जुलुस, भेला संचालन नगर्ने, माघ १५ गतेसम्म विद्यालय, फिल्म हलसहितका मनोरञ्जन क्षेत्र बन्द गर्ने, माघ ७ गतेदेखि सार्वजनिक सेवा लिँदा खोप कार्डलाई अनिवार्य गर्ने उल्लेख छ ।

उपत्यकाका धार्मिकस्थलमा हुने नित्य पूजा र प्रार्थना बाहेकका सबै पूजामा रोक लगाइएको छ । मन्दिर दर्शन र पूजाआजामा आजदेखि अस्थायी रोक लगाइएको छ । कोरोनाको लक्षण देखिए पाँच दिन क्वारेन्टाइनमा बस्नसमेत आग्रह गरिएको छ ।





  • प्रकाशित मिति : माघ ४, २०७८ मंगलबार १५:३३:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया