सर्वोच्चका न्यायाधीशसहित ३१ जनालाई कोरोना, सेवा कटौती गर्ने निर्णय
फाइल तस्वीर

सर्वोच्च अदालतका न्यायाधीश, मुख्य रजिस्ट्रारसहित ३१ कर्मचारीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । न्यायाधीशसहितका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सर्वोच्च अदालतबाट प्रदान गरिने सेवामा कटौती गरिएको छ ।

मंगलबार बसेको फुलकोर्टले कोरोना संक्रमणको जोखिम न्यूनीकरण गर्न अत्यावश्यक भएको भन्दै ६ प्रकारका मात्र सेवा दिने निर्णय गरेको हो । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै दुई हप्तासम्म निश्चित सेवामात्र प्रदान गर्ने निर्णय भएको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए ।

बन्दीप्रत्यक्षीकरण तथा सार्वजनिक महत्त्वका मौलिक हकसँग सम्बन्धित रिट निवेदनको नियमित सुनुवाइ, मुद्दा फिर्ता, तामेली एवं मिलापत्रसम्बन्धी कामकारबाही, फौजदारी मुद्दाका थुनुवाका निवेदन तथा प्रतिवेदनउपर सुनुवाइ, हेर्दाहेर्दै र नि.सु. मा रहेका मुद्दाको सुनुवाइ, नेपाल सरकारका तर्फबाट दर्ता भएका प्रत्यर्थी झिकाउने आदेश नभएका पुनरावेदनको सुनुवाइ गर्ने निर्णय भएको सर्वोच्चका प्रवक्ता दाहालले जानकारी दिए ।





  • प्रकाशित मिति : माघ ४, २०७८ मंगलबार १५:५४:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया