एकैदिन १० हजार जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित ३९ हजार

नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा १० हजारभन्‍दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २२ हजार ८२८ नमुनाको पिसिआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै सोही अवधिमा ५६२ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म संक्रमणमुक्त हुनेको संख्या ८ लाख १७ हजार ५४७ पुगेको छ ।

कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्‍या ११ हजार ६२४ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ४४ पुगेको छ ।





  • प्रकाशित मिति : माघ ४, २०७८ मंगलबार १६:१७:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया