माघ दोस्रो साता दैनिक २० हजार संक्रमित हुने प्रक्षेपण

नेपालमा माघको दोस्रो साता दैनिक २० हजार जनालाई कोरोना संक्रमण हुने सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुमान गरेको छ ।

प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको मंगलबारको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माघको दोस्रो साता संक्रमणदर उच्च हुने जनाएको हो ।

मन्त्रालयको रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले माघको दोस्रो साता दैनिक १९ हजार ६९५ पुग्नसक्ने अनुमान गरिएको बताए ।

सो समयमा १० हजार बिरामी अस्पताल भर्ना हुने र तीमध्ये ३ सय ९४ जना गम्भीर बन्नसक्ने प्रक्षेपण स्वास्थ्य मन्त्रालयको छ । तेस्रो लहरको संक्रमणमा १५ हजार गम्भीर अवस्थामा पुग्ने आकलन पनि मन्त्रालयको छ ।





  • प्रकाशित मिति : माघ ४, २०७८ मंगलबार १६:५२:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया