जनकपुरधाममा एकैदिन ९५ जनामा कोरोना संक्रमण पुष्टि

जनकपुरधाममा एकै दिन ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा १५५ जनाको नमुना परीक्षण गर्दा ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाका निर्देशक डा. श्रवणकुमार मिश्राले जानकारी दिए । 

उता, वीरगञ्जस्थित नारायणी अस्पतालमा ५१ जनाको नमूना परीक्षण गर्दा ३६, मलंगवा अस्पतालमा ३० जनाको नमूना परीक्षण गर्दा २१, रौतहटको गौर अस्पतालमा १४ जनाको नमुना परीक्षण गर्दा ५ र सिरहा अस्पतालमा ५ जनाको नमूना परीक्षण गर्दा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

मधेस प्रदेशमा अहिले १ हजार ५१८ जना संक्रमितहरू होम आइसोलेसनमा रहेका छन् भने ३ जना संस्थागत आइसोलेसनमा र ३ जना आइसीयुमा उपचाररत छन् । 

मधेस प्रदेशका प्रदेशस्तरीय अस्पतालमा आइसोलेसन बेड १ हजार ६८०, एचडीयू बेड ६९५, आइसीयु बेड ३९६, भेन्टिलेटर १२४, अक्सिजन सिलिन्डर २ हजार ३६८, अक्सिजन कन्सनट्रेटर ३६ र अक्सिजन प्लान्ट ८ वटा रहेका छन् ।





  • प्रकाशित मिति : माघ ४, २०७८ मंगलबार १७:१९:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया