कोरोना संक्रमण फैलिएपछि पर्वतमा निषेधाज्ञा जारी
फाइल तस्बिर

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रमणको संक्रमण फैलिएपछि पर्वतमा निषेधाज्ञा जारी गरिएको छ  । कोरोना संक्रमितको संख्या दैनिक रूपमा बढ्न थालेपछि ५ माघदेखि लागू हुने गरी स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरिएको हो । 

पर्वतमा कोरोना संक्रमण फैलिएकाले शैक्षिक संस्था होटल, सेवा प्रदायक निकाय, डिपार्टमेन्टल स्टोर्स, धार्मिकस्थल, यातायात लगायतका क्षेत्रमा फरक-फरक क्षेत्रमा समय तोकेर आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले बताइन् । 

प्रजिअ खत्रीले अर्को आदेश जारी नभएसम्मका लागि जारी भएको निषेधाज्ञा आदेशमा शैक्षिक क्रियाकलाप सिनेमा हललगायतका क्षेत्रहरू माघ १५ सम्म पूर्ण रूपमा बन्द गर्ने आदेश जारी भएको बताइन् ।



  • प्रकाशित मिति : माघ ४, २०७८ मंगलबार १९:३४:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया