तस्वदेही इलाका प्रहरी कार्यालय ‘क’ श्रेणीमा स्तराेन्नति

बैतडीकाे तल्लो स्वराडको मेलौलीस्थित तस्वदेही इलाका प्रहरी कार्यालयलाई ‘क’ श्रेणीमा स्तरोन्नति गरिएको छ । 

गृहमन्त्रालय स्तरीय निर्णय अनुसार उक्त कार्यालयलाई ‘क’ श्रेणीमा स्तरोन्नति गरिएको हो ।

तस्वदेही इलाका प्रहरी कार्यालयको नेतृत्व अबदेखि प्रहरी निरीक्षकले गर्नेछन् । 

दुई वर्षदेखि उक्त इप्रकालाई ‘क’ श्रेणीको बनाउन पहल गरिएको मेलौली नगरपालिकाका प्रमुख कृष्णसिंह नायकले बताए । 

उनले भने, ‘नगरपालिकाले २०७६ पुसमा निर्णय गरेर गृहमन्त्रालयमा पत्र पठाएको हो ।’ 

मेलौली इलाका प्रहरी कार्यालयअन्तर्गत पञ्चेश्वर, शिवनाथ र मेलौली नगरपालिका पर्छ । तल्लो स्वराडको जनसङ्ख्या ७० हजारभन्दा बढी छ । 



वि. सं २०१६ मा स्थापना गरिएको उक्त इप्रका ६२ वर्षपछि गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनमा ‘क’ श्रेणीमा स्तरोन्नति गरिएको हो । 

स्तरोन्नतिपछि तल्लोस्वराडका मेलौली, शिवनाथ र पञ्चेश्वरको सुरक्षा व्यवस्था चुस्तदुरुस्त हुने विश्वास गरिएको छ ।
 



  • प्रकाशित मिति : माघ ५, २०७८ बुधबार ११:४३:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया