विश्वप्रकाश शर्मासहित परिवारका सबैलाई कोरोना संक्रमण

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण देखिएको छ । उनीसहित सपरिवार संक्रमित भएको शर्माले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन् । 

उनले फेसबुकमा लेखेका छन्, ‘८ महिनापछि फेरि सपरिवार संक्रमित ! सार्वजनिक कार्यक्रममा सतर्कता नराख्नुको परिणाममा संक्रमण, आत्मालोचित छु ।’

लक्षणले ग्रस्त भएपछि मेडिसिटी अस्पतालमा पिसिआर परीक्षण गराएको उनले जानकारी गराएका छन् । चिकित्सकको परामर्शमा औषधि र आइसोलेसनमा रहेको जानकारी गराउँदै एक सातामा फर्कने उनले बताएका छन् ।


 





  • प्रकाशित मिति : माघ ५, २०७८ बुधबार १२:५२:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया