के नेपालमा ओमिक्रोनका कारण अहिलेसम्म कसैको मृत्यु भएको छैन ?

नेपालमा केही दिन यता दैनिक हजारौँको संख्यामा कोरोनाभाइरस संक्रमित थपिएका छन् । मंगलबार मात्र नेपालमा १० हजारभन्दा बढी संक्रमित एकै दिन थपिए । 

पछिल्ला दिन मौसम परिवर्तनसँगै रुघाखोकीका बिरामी पनि बढेकाले अस्पतालमा कोरोनाको आशंका पुग्ने बिरामीहरुको संख्या बढेका पनि छन् । अल्का अस्पतालकी चिकित्सक डा. रक्षा गौतमले पनि पछिल्लो समय अस्पतालमा भीड बढेको बताएकी छिन् । डा. गौतमले पछिल्लो समय टन्सिल भएको भन्दै आउने बिरामीमा पनि कोरोना देखिएको बताएकी छिन् । 

उनले कोरोेनाभाइरस संक्रमण हो या होइन भन्नका लागि पिसिआर टेस्ट गर्नुको विकल्प नभएको पनि बताएकी छिन् ।

पछिल्लो समय विश्वभर कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका कारण चिन्ता र चासो बढेको छ । नेपालमा पनि अहिलेसम्म ओमिक्रोन संक्रमितको संख्या २७ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । तर, पछिल्लो समय नेपालमा सिक्वेन्सिङ गर्न छोडिएको छ । सिक्वेन्सिङ खर्चिलो हुने र यसमा समय पनि लाग्ने भएकाले यस्तो भएको हुनसक्छ । 

केही समय यता नेपालमा कोरोनाभाइरसका कारण ज्यान गुमाउनेको संख्या पनि उल्लेख्य छ । तर, उनीहरुको मृत्यु कोरोनाका अरु भेरियन्टका कारण हो या नयाँ भेरियन्ट ओमिक्रोनका कारण हो भन्ने खुलेको छैन । मृतकमा कोरोना परीक्षण गरिए पनि सिक्वेन्सिङ गरेर ओमिक्रोनबारे परीक्षण नगरिएकाले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनकै कारण कतिको मृत्यु भयो भन्ने अहिलेसम्म खुलेको छैन । यसबारे तथ्यांक स्वास्थ्य मन्त्रालयसँग पनि छैन ।





  • प्रकाशित मिति : माघ ५, २०७८ बुधबार १५:४०:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया