शिक्षक अस्पतालका लागि चितवन सही स्थान हुने समितिकाे निष्कर्ष

शिक्षक अस्पतालको पूर्वसम्भाव्यता अध्ययन एवम् जग्गा पहिचान समितिले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई प्रतिवेदन बुझाएको छ । 

समितिले बुधबार मन्त्री पाैडेललाई प्रतिवेदन बुझाएकाे हाे ।

समितिले भरतपुर महानगरपालिका-१५ भगवानपुर शिक्षक अस्पतालका लागि उपयुक्त स्थान हुने बताएकाे छ ।
 
समितिले भरतपुर महानगरपालिका-१५, भगवानपुर, भक्तपुरको सूर्यविनायक नगरपालिका-८ जगाती, सूर्यविनायक नगरपालिका-४ गुन्डु र मकवानपुर जिल्लाको थाहा नगरपालिका-१० चित्लाङमा शिक्षक अस्पताल निर्माणका लागि पूर्व सम्भाव्यता अध्ययन गरेको थियो । 

समितिले भरतपुर महानगरपालिका-१५ भगवानपुर कित्ता नम्बर (५०,५१,५२,६०,६१,६२ र ६३) प्रस्तावित शिक्षक अस्पतालका लागि २१ विद्या जग्गा उपयुक्त रहेको प्रतिवेदनमा उल्लेख छ ।

समितिका संयोजक डा. विमल शर्मा चालिसेका अनुसार देशको लगभग सबै क्षेत्रका लाभग्राहीले सुविधा लिन सक्ने ठाउँ रहेको र भौतिक संरचना निर्माण गर्नका लागि जग्गा सम्याउने, पर्खाल लगाउने जस्ता साइट डेभलपमेन्ट कार्यमा किफायती हुने देखिएको छ । 

संघीय शिक्षक अस्पतालका लागि हाल ३०० शैया क्षमताको अस्पताल निर्माणको प्रक्रिया अगाडि बढाउन नेपाल सरकारबाट स्वीकृत मापदण्ड बमोजिम भवन तथा पूर्वाधार, प्रशासकीय कार्यालय, बहिरंग विभाग, अन्तरंग विभाग, इमर्जेन्सी विभाग, प्रयोगशाला, फार्मेसी, रेडियोलोजी विभाग, क्यान्टिनसहितको सुविधासहित वातावरणीय संरक्षण ऐन २०७६ बमोजिम वातावरण प्रभाव मूल्यांकन प्रतिवेदन तयार गरी निष्कर्षसमेत समितिले निकालेको छ । 



प्रतिवेदन बुझ्दै मन्त्री पौडेलले प्रतिवेदनमा उल्लेख गरिएका जग्गाको विषयमा थप अध्ययन गरी मन्त्रिपरिषदमा लैजाने बताए ।

‘समितिले दिएका प्रस्तावित जग्गाहरूको विषयमा थप अध्ययन हुन्छ,’ मन्त्री पौडेलले भने, ‘अध्ययन लगत्तै स्वीकृतिका लागि मन्त्रिपरिषदमा लैजान्छु ।’



अस्पताल बनेपछि कर्मचारी तथा उनका परिवारलाई उपचारमा ४० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था हुनेछ । 

शिक्षक अस्पताल निर्माणका लागि पूर्वसम्भाव्यता अध्ययन एवम् जग्गा पहिचान समितिमा डा. विमल शर्मा चालिसेको संयोजकत्वमा कात्तिक २२ गते ७ सदस्यीय समिति गठन भएको थियो ।

  • प्रकाशित मिति : माघ ५, २०७८ बुधबार १६:१४:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया