स्थानीय तहकाे निर्वाचन समयमै गराउन सरकार प्रतिबद्ध छ : नेता विश्वकर्मा

नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले स्थानीय तहकाे निर्वाचन समयमै गराउन सरकार प्रतिबद्ध रहेकाे बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै नेता विश्वकर्माले यस्ताे बताएका हुन् ।

कांग्रेस नेतृत्वकाे सरकार चुनाव गराउनकै लागि बनेकाे दावी समेत गरे ।

नेता विश्वकर्माले भने, ‘नेपाली कांग्रेस पार्टीकाे निर्वाचन सम्बन्धमा मलाई लाग्छ कहिल्यै शंका नगरे हुन्छ । त्यो शंका, आग्रह, पूर्वाग्रहलाई वा रणनीतिलाई नेपाली कांग्रेस र चुनावसँग जोड्नु सान्दर्भिक इतिहासले पनि देखाउँदैन । यो सरकार निर्वाचन गर्नकै लागि बनेको सरकार हो । नत्र शेरबहादुर देउवालाई सरकारमा जानुपर्ने कुनै आवश्यक थिएन । सरकारकाे नेतृत्व कांग्रेसले लिएकाे हुनाले विश्वास गर्नका लागि सबैलाई म आग्रह गर्दछु ।’

नेता विश्वकर्माले ठूलाे दम्भ बाेकेकाे नेकपा एमाले फुटेकाेप्रति कटाक्ष पनि गरे ।

‘नेकपा एमाले ठूलाे शक्ति हाे भनेर दम्भ बाेकेर हिँडेकाे बेलामा फुट्याे । एकपटक मात्र हाेइन, दुईपटक फुट्याे । एउटा अदालतले फुटाइदियाे, अर्काे आफै फुट्याे । त्यसका केही अंश मात्रै सरकारमा छन्’, उनले भने।



नेता विश्वकर्माले नेपाली कांग्रेस निर्वाचनबाट भाग्ने पार्टी नभएको पनि जिकिर गरे ।



  • प्रकाशित मिति : माघ ५, २०७८ बुधबार १६:४०:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया