एक सातामा थपिए ४९ हजार ५८१ नयाँ कोरोना संक्रमित

पछिल्लो समय कोरोना संक्रमण ह्वात्तै बढेको छ । एक सातामै झण्डै ५० हजार नयाँ संक्रमित थपिएका छन् । 

पछिल्लो साता ४९ हजार ५८१ नयाँ कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

गत साता ६२ हजार ७५५ आरटी पिसिआर परीक्षण गरिएको थियो । जसमा ८ हजार ३७३ संक्रमण पुष्टि भएको थियो । 

यो साता भने ५४.४ प्रतिशतले बढेर ९६ हजार ९१० आरटी पिसिआर परीक्षण गरिएको छ । जसमा ३९ हजार ३४२ संक्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीले बताए । संक्रमणदर ४०.६ प्रतिशत रहेको छ । जो पछिल्लो हप्ताको तुलनामा २७.३ प्रतिशतले बढेको छ। 

त्यस्तै गत साता २९ हजार ४०९ एन्टिजेन परीक्षण गरिएको थियो । जसमा दुई हजार २११ मा संक्रमण पुष्टि भएको थियो । 

यो साता १२.५ प्रतिशतले बढेर ३३ हजार ४२० एन्टिजेन परीक्षण गरिएको छ । जसमा सात हजार २३९ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमणदर २१.६ प्रतिशत रहेको छ । जुन पछिल्लो हप्ताको तुलनामा १४.२ प्रतिशतले बढेको छ।  



आज मात्रै अहिलेसम्मकै धेरै कोरोना संक्रमण पुष्टि भएको छ । आज ११ हजार ३५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १८ हजार ७८ नमुनाको पिसिआर परीक्षण गर्दा ९ हजार ५०२ र ५ हजार ३३१ नमुनाको एन्टिजेन परीक्षण गर्दा १ हजार ८५० जनामा संक्रमण पुष्टि भएको हो । 

माघको दोस्रो सातासम्म दैनिक २० हजारको हाराहारीमा कोरोना संक्रमण पुष्टि हुने मन्त्रालयको प्रक्षेपण रहेको छ । हाल देशभरमा ४७ हजार ९२९ जना संक्रिय संक्रमित छन् । तीमध्ये अधिकांश होम आइसोलेसनमा बसिरहेका छन् ।



  • प्रकाशित मिति : माघ ५, २०७८ बुधबार १७:३५:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया