भक्तजनलाई पशुपतिनाथ मन्दिरमा रोक लगाइएकोमा विरोध

पशुपतिनाथमा भक्तजनलाई रोक लगाइएको भन्दै विरोध भएको छ । सरकारले कोरोना भाइरसको संक्रमणका कारण बुधबारदेखि पशुपतिनाथ मन्दिरमा नित्यपूजाबाहेकका सम्पूर्ण क्रियाकलाप बन्द गरेको छ । 

यसमामा सरोकारवालाले विरोध जनाएका हुन् । नेपालमा हिन्दूहरुलाई मात्र रोक लगाउन थालिएको वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेको टिप्पणी छ । क्रिस्चियनका चर्च र इस्लाम धर्मका मस्जिदमा यस्तो नियम नलागेको तर हिन्दू धर्मालम्बी जाने मन्दिरमा मात्र रोक लगाइएकोमा उनले आक्रोश पोखे । 

राज्यले पशुपतिनाथ मन्दिरमा नित्यपूजाबाहेकका क्रियाकलाप बन्द गरेर कोभिडको नाममा आतंक मच्चाइरहेको सरोकारवालाको टिप्प्णी छ । कोभिडलाई राजनीतिक दलहरुले राजनीति गर्ने हतियार बनाएको भन्दै उनीहरुले विरोध जनाएका हुन् । 





  • प्रकाशित मिति : माघ ५, २०७८ बुधबार १९:४३:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया