एमाले रौतहट : प्रभु शाहले एकलौटी गरेको भन्दै पुनः अधिवेशन गराउन माग

नेकपा एमाले रौतहटको अधिवेशन पुनः गराउन माग गरिएको छ । स्थायी कमिटी सदस्य प्रभु साह पक्षले एकलौटी रूपमा रौतहटमा नयाँ नेतृत्व घोषणा गरेको भन्दै अर्को पक्षले यस्तो माग गरेको हो । 

साह पक्षले त्रिभुवन साहको अध्यक्षतामा १ सय ३५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयनको घोषणा गरेको थियो । साहलाई जिल्ला अध्यक्ष चयन गरेपछि निवर्तमान अध्यक्ष तुल्सीराज गिरी पक्षले आपत्ति जनाउँदै आएका छन् ।  

एमाले नवौँ जिल्ला अधिवेशनबाट माघ २ गते सहमतिको प्रयास नै नगरी अध्यक्ष मण्डलले गरेको प्रस्तावित कमिटीलाई बन्दसत्रका प्रतिनिधिले पूर्ण अस्वीकार र खारेज गरेको गिरी पक्षले जनाएको छ ।

पार्टी प्रदेश कमिटी अध्यक्ष राम औतार यादवले स्थायी कमिटी सदस्य तथा प्रदेश सहइन्चार्ज प्रभु साह, पोलिटब्युरो सदस्य एवं प्रदेश सहइन्चार्जहरू लीलानाथ श्रेष्ठ, समन प्याकुरेल, अच्युत मैनालीको उपस्थितिमा अधिवेशन हलबाहिर अज्ञात स्थलमा गई प्रतिनिधिलाई थाहै नदिई कमिटीका पदाधिकारीलाई शपथ ग्रहण गराउनु आपत्ति जनक रहेको गिरी पक्षको आरोप छ।

गिरी पक्षले विधि र विधानअनुरूप नयाँ कार्यसमिति गठन गर्न केन्द्रीय समितिसँग माग गरेको छ।





  • प्रकाशित मिति : माघ ५, २०७८ बुधबार १९:४५:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया