भारत लगेर छोरीलाई बेपत्ता पारेको आरोपमा बझाङका एकजना पक्राउ

आफ्नै छोरीलाई भारतमा लगेर बेपत्ता पारेको आरोपमा एक नेपाली पक्राउ परेका छन्। भारतको पिथौरागढमा विभिन्न प्रलोभन देखाएर दुष्कर्म गरेको र बेपत्ता पारेको आरोपमा उनी पक्राउ परेका हुन्।
 
पक्राउ पर्नेमा बझाङ घर भएका ३८ वर्षीय दीपक कामी रहेको उत्तराखण्डको पिथौरागढस्थित प्रहरीले जनाएको छ। कामीलाई पक्राउ गरी कानुनी प्रक्रिया अघि बढाएको छ। कामीविरुद्ध पाँक्सो कानुनअन्तर्गत मुद्दा दर्ता गरिएको बताइएको छ। 

उनले आफ्नै नाबालिका छोरीलाई बेपत्ता पारेको भन्दै एक स्थानीयले कोतवालीमा उजुरी गरेका थिए । प्रहरीले बेपत्ता बालिकालाई खोजतलास गरेर अभभिावकको जम्मा लगाएका छन्। दीपकलाई भने पिथौरागढस्थति अदालतमा प्रस्तुत गरिएको छ।
 
यसअघि पिथौरागढमा आफ्नै छोरीलाई बलात्कार गरेको अभियोगमा बझाङकै एकजनालाई त्यहाँको अदालतले मृत्युदण्डको सजाय सुनाएको थियो ।





  • प्रकाशित मिति : माघ ५, २०७८ बुधबार २०:४२:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया