कोपा डेल रे : अन्तिम १६ बाटै बाहिरियो एटलेटिको मड्रिड

कोपा डेल रे अन्तर्गत गएराति भएको खेलमा घरेलु टोली रियल सोसिडाडसँग २-० ले पराजित हुँदै एटलेटिको मड्रिड अन्तिम १६ बाटै बाहिरिएको छ ।

रियल अरिनामा सोसिडाडलाई जिताउन अद्नान जानुजाज र अलेक्सजेन्डर सोर्लोथले गोल गरे । खेलको ३३ औं मिनेटमा जानुजाजले गोल गर्दै सोसिडाडलाई अग्रता दिलाएका थिए । ४७ औं मिनेटमा सोर्लोथले टोलीको अग्रता दोब्बर बनाए ।

त्यसपछि कुनै पनि टोलीले गोल गर्न नसक्दा सहज जित निकाल्दै सासिडाडले क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गर्‍यो ।  





  • प्रकाशित मिति : माघ ६, २०७८ बिहीबार ८:४८:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया