इन्टर मिलान कोपा इटालियाको क्वार्टरफाइनलमा

कोपा इटालियाअन्तर्गत घरेलु टोली इन्टर मिलानले इम्पोलीमाथि ३-२ को रोमाञ्चक जित हात पारेको छ । यो जितसँगै इन्टरले क्वार्टरफाइनलमा आफ्नो स्थान सुरक्षित गर्यो ।

गएराति सान सिरोमा इन्टरलाई जित दिलाउन एलेक्सिस सान्चेज, एन्ड्रिया रानोकचिया र स्टेफानो सेन्सीले गोल गरे । ​इम्पोलीका लागि निदिम बजरामीले गोल गर्दा एक गोल उपहार पाएको थियो । मिलानोमा बुधबार राति भएको खेलेको १३ औं मिनेटमा सान्चेजको गोलबाट इन्टरले सुरुवाती अग्रता  लिएको थियो ।

६१औं मिनेटमा निदिमले  खेललाई १-१ गोलको बराबरीमा ल्याए । ७६ औं मिनेटमा गोलरक्षक एन्डरेइ राडुले आत्मघाती गोल गरेपछि इन्टर खेलमा २-१ ले पछि परेको थियो ।

थप गिरएको समयमा रानोकचियाले गोल गर्दै  खेललाई २-२ को बराबरीमा ल्याए । निर्धारित ९० मिनेट २-२ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

१०४ औं मिनेटमा स्टेफानो सेन्सीको गोल मार्फत  इन्टरले ३-२ को अग्रता  लियो । त्यसपछि कुनै पनि टोलीबाट गोल हुन नसक्दा इन्टरले रोमाञ्चक जित निकाल्दै अन्तिम आठको यात्रा तय गर्यो ।

अर्को खेलमा सासोउलोले पनि काग्लियरीमाथि १-० को कठिन जित हात पार्दै क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ । 





  • प्रकाशित मिति : माघ ६, २०७८ बिहीबार ९:१०:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया