आहा रारा गाेल्डकप आजबाट, उद्घाटनमा सहारा र एपिएफ भिड्ने

आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको २०औं संस्करण बिहीबारबाट सुरु हुँदैछ । 

पोखरा रंगशालामा हुने उद्घाटन खेलमा आयोजक सहारा क्लब र विभागीय टाेली एपिएफ  फुटबल क्लबले प्रतिस्पर्धा गर्नेछन् । याे खेल दिउँसो २ बजे सुरु हुनेछ ।

दुबै टोली जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनासहित मैदान उत्रने छन् । याे खेलको विजेताले क्वाटरफाइनलमा बिवाइएसी मिनेसोटा युएसएसँग खेल्नेछ ।

माघ १५ सम्म चल्ने प्रतियाेगितामा आयाेजक सहारा क्लबसहित साविक विजेता संकटा क्लब, नेपाल पुलिस क्लब, थ्रिस्टार क्लब, नेपाल एपिएफ फुटबल  क्लब, मनाङ मर्स्याङ्दी क्लब, मछिन्द्र क्लब, हिमालयन शेर्पा क्लब, त्रिभुवन आर्मी फुटबल क्लब  र बिवाइएसी मिनेसोटा युएसए गरी कुल १० टाेलीको सहभागिता रहने छ ।

प्रतियोगिताको विजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार प्राप्त गर्ने छन् । यस वर्ष पनि स्वर्गीय सूर्यबहादुर केसीको स्मृतिमा उत्कृष्ट ५ विधाको पुरस्कार प्रदान गरिने छ ।

प्रतियोगितालाई पहिलो संस्करणदेखि नै हिमश्री फुड्स प्रा.लि.को उत्पादन आहा रारा तयारी चाउचाउले मुख्य प्रायोजन गर्दै आएकाे छ । 



सर्वोत्कृष्ट खेलाडीको प्रायोजन अप्रिलिया स्कुटरले गरेको छ ।

काेराेना महामारीलाई ध्यानमा राख्दै यसपटकको प्रतियाेगिता बिना दर्शक हुने आयोजकले बताएकाे छ ।
 



  • प्रकाशित मिति : माघ ६, २०७८ बिहीबार ९:५६:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया