खराब मौसमका कारण आन्तरिक उडान प्रभावित
फाइल तस्बिर

मौसममा खराबी आएका कारण आन्तरिक हवाई उडान प्रभावित भएको छ ।

बिहानको समयमा मौसममा कम भिजिविलिटीका कारण काठमाडौं, पोखरा, नेपालगञ्ज, सुर्खेत र तुम्लिङटारबाहेक अन्य विमानस्थलमा हवाई सेवा प्रभावित भएको हो ।

कम भिजिविलिटीका कारण आफ्नो उडान प्रभावित भएको बुद्ध एयरले सूचना जारी गरेर जनाएको छ ।

काठमाडौंलगायत देशभर आकाशमा बिहानैदेखि तुवाँलो लागेको छ । मौसम पूर्वानुमान महाशाखाले पनि वर्षा र हिमपातको सम्भावनाले चिसो थप बढ्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।





  • प्रकाशित मिति : माघ ६, २०७८ बिहीबार १३:२०:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया