अस्ट्रेलियन ओपनको दोस्रो चरणबाटै बाहिरिइन् मुगुरुजा

अस्ट्रेलियन ओपन टेनिसमा महिलातर्फ तेस्रो वरियताकी गार्विन मुगुरुजा दोस्रो चरणबाटै बाहिरिएकी छन् । स्पेनकी मुगुरुजा मेलर्बनमा बिहीबारको खेफमा फ्रेन्च खेलाडी अलिज कर्नेटसँग २-० को सोझो सेटमा पराजित भएकी हुन् ।

कर्नेटले खेल ६-३ र ६-३ ले आफ्नो पक्षमा पार्दै तेस्रो चरणमा स्थान सुरक्षित गरिन् । कर्नेटले तेस्रो चरणमा स्लोभानियाकी तामरा जिदानसिकको सामना गर्नेछिन् ।

सातौं वरीयताकी स्टोनियन खेलाडी एनेट कोन्टाभेइट पनि डेनिस खेलाडी क्लारा टाउसनसँग २-० को सोझो सेटमा पराजित हुँदै दोस्रो चरणबाटै बाहिरिइन् ।

१९ वर्षीया क्लाराले खेल ६-२ र ६-४ ले आफ्नो पक्षमा पार्दै पहिलोपटक कुनै पनि ग्रान्डस्लाम प्रतियोगिताको तेस्रो चरणमा स्थान बनाएकी हुन् । 





  • प्रकाशित मिति : माघ ६, २०७८ बिहीबार १३:२२:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया