राष्ट्रियसभा निर्वाचन : यस्तो छ आयोगको २१ बुँदे स्वास्थ्य मापदण्ड

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले स्वास्थ्य सुरक्षा मापदण्ड लागू गरेको छ । माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि आयोगले २१ बुँदे स्वास्थ्य सुरक्षा मापदण्ड लागू गरेको हो ।

आयोगले मतदाता, मतदान कर्मचारी, उम्मेदवार, दलका प्रतिनिधि, सुरक्षाकर्मी तथा स्वयंसेवकलगायतलाई लक्षित गरेर मापदण्ड जारी गरेको हो । 

आयोगको मापदण्डअनुसार कोरोना संक्रमित मतदातालाई प्राथिमकताका साथ छुट्टै लाइनमा बसेर, पन्जा, मास्क र फेस सिल्डको प्रयोग गरेर मतदान गर्न पाउने छन् । संक्रमितले प्रयोग गरेका मतदानस्थलका सामग्रीहरू निसंक्रमण गरी पुनः नियमित मतदानको कार्य सुचारु गर्ने व्यवस्था मिलाउनुपर्ने सूचनामा उल्लेख छ ।

मतदानमा सहभागी हुनका लागि पूर्ण खोप लगाएको हुनुपर्ने मापदण्डमा उल्लेख छ । मतदानस्थल मास्क अनिवार्य गरिएको छ । मतदानस्थलमा तापक्रम मापन गर्ने र दुई जना स्वास्थ्यकर्मीको रहेको हेल्थ डेस्कको व्यवस्था गरिएको छ ।





  • प्रकाशित मिति : माघ ६, २०७८ बिहीबार १५:४६:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया