विभागीय टाेली नेपाल एपिएफ फुटबल क्लबले २० औं संस्करणको आहा रारा गाेल्डकपमा विजयी सुरुवात गरेकाे छ ।
एपिएफले बिहीबारकाे उद्घाटन खेलमा आयोजक सहारा क्लब पाेखरामाथि २-० काे सहज जित हात पारेकाे हाे ।
पाेखरा रंगशालामा एपिएफलाई जित दिलाउन आभाष लामिछानेले र प्रदीप लामाले एक एक गाेल गरे ।
खेलकाे १३ औं मिनेटमा आभाषले गाेल गर्दै एपिएफलाई अग्रता दिलाएका थिए ।
६०औँ मिनेटमा प्रदीपले टाेलीकाे अग्रता दाेब्बर बनाए ।
त्यसपछि कुनै टाेलीबाट गाेल हुन नसक्दा सहज जित निकाल्दै एपिएफ अर्को चरणमा प्रवेश गरेकाे हाे ।
एपिएफले अब ८ माघमा अमेरिकाको बिवाइएससी मिनेसाेटाकाे सामना गर्नेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।