लोकसेवाका सबै लिखित परीक्षा स्थगित
फरकधार / ६ माघ, २०७८

लोकसेवा आयोगले माघ महिनामा हुने भनिएका आफ्ना सबै लिखित परीक्षा स्थगित गरेको छ । 



आयोगको आज बसेको बैठकले माघमसान्तसम्मका लिखित परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । 

उपसचिव एकनारायण शर्माले विज्ञप्ति निकालेर परीक्षा स्थगित गर्ने निर्णय भएको जानकारी दिएका हुन् । लोक सेवाका अरु कार्यहरु भने यथावत सञ्चालन हुने विज्ञप्तिमा उल्लेख छ ।



आयोगमा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण देखिएको र माघ ११ गतेदेखि मसान्तसम्म सञ्चालन हुने पूर्वनिर्धारित सबै लिखित परीक्षा अहिलेका लागि स्थगन गर्ने र ती परीक्षा तथा फागुन एक गतेदेखि सञ्चालन हुने लिखित परीक्षा कार्यक्रम कम्तीमा ७ दिन पूर्व सूचनामार्फत पुनःतालिकीकरण गरी सञ्चालन गर्ने आयोगले जनाएको छ । 



  • प्रकाशित मिति : माघ ६, २०७८ बिहीबार १७:२३:२५,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया