एकैदिन थपिए १२ हजार ३३८ कोरोना संक्रमित, ४ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा १२ हजार ३३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २७ हजार ४९७ नमुनाको पीसीआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

सोही अवधिमा ६४९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ८ लाख १८ हजार ८०९ पुगेको छ ।

त्यस्तै आज कोरोनाका कारण ४ जनाले ज्यान गुमाएका छन् । योसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ६३२ पुगेको छ ।

देशभर ५७ हजार ३२८ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।





  • प्रकाशित मिति : माघ ६, २०७८ बिहीबार १७:३५:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया