उपत्यकामा थप ६९८१ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित ३७ हजार
फाइल तस्बिर

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ६ हजार ९८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५ हजार १, भक्तपुरमा ८५० र ललितपुरमा १ हजार १३० जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौंमा २६ हजार ६९८, ललितपुरमा ६ हजार ६१२ र भक्तपुरमा ३ हजार ७८३ जना गरी काठमाडौं उपत्यकामा ३७ हजार ९३ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । 

यस्तै, आज देशभर २७ हजार ४९७ नमुनाको पीसीआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा १२ हजार ३३८ जना संक्रमित थपिएका छन् । आज ६४९ जना कोरोना संक्रमणमुक्त भएका छन् भने ४ जनाको मृत्यु भएको छ ।





  • प्रकाशित मिति : माघ ६, २०७८ बिहीबार १७:४७:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया